जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा १ जनाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर ९ गते १२:५२

काठमाडौँ । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् ।
सार्वजनिक सुरक्षा निर्देशनालयले राजधानी अम्मानको राबिह क्षेत्रमा सञ्चालित गस्ती टोलीमाथि आइतबार बिहान गोली चलेको घटनालाई नियन्त्रणमा लिएको घोषणा गरेको सरकारी समाचार एजेन्सी पेट्राले जनाएको छ ।
एक बन्दुकधारीले गस्ती टोलीमाथि गोली चलाएको र पछि सुरक्षा बलले आक्रमणकारीलाई घेरा हालेको थियो । ती व्यक्तिले ‘सुरक्षा बलमाथि गोली चलाएपछि आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलामएको गोली लागि आक्रमणकारीको मृत्यु भएको पुष्टि भएको छ ।”
घटनामा परी तीन जना सुरक्षाकर्मी घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।
सम्बन्धित













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
प्रतिक्रिया