फिलिपिन्सको ‘मनिला बे’ क्षेत्रमा आगलागी हुँदा २ हजार परिवार घरबारविहीन

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको भीषण आगलागीबाट दुई हजार परिवार घरबारविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।
मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरूलाई बताएअनुसार मनिलामा आइतबार भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन्।
फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको बस्तीमा लागेको आगो निभाउन हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चार वटा दमकल पठाएको जनाएको छ।
आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए। यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगो सबैतिर फैलिएको भएको रामोसले बताए। उनका अनुसार साँघुरो सडकका कारण आगो नियन्त्रणमा लिन समस्या भएको थियो। आगलागीपछि भागेका बासिन्दा सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो।
मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समयअनुसार दिउँसो २ बजे आगलागी भएको जनाएको छ। अहिलेसम्म कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया