लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

काठमाडौँ ।लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमलामा २९ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाका अनुसार सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय छन् ।
सेनाले यी कमान्ड सेन्टरहरू इजरायल विरुद्ध आतङ्कवादी आक्रमणको योजना बनाउन, कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय सैनिकहरू विरुद्धको आतङ्कवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ ।
यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भई २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने रिपोर्ट गरेको छ ।
युद्धविराम प्रयासका बावजुद इजरायललले हिजबुल्लाह विरुद्ध आफ्नो सैन्य अभियान जारी राख्दा बेरुतमा हवाई आक्रमण भएको हो । सेनाले हमला बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहका स्थानहरूलाई लक्षित गरी गरेको पुष्टि गरेको छ ।
यस अघीनै इजरायली सेनाले नागरिक क्षति कम गर्न ,भवनहरू खाली गर्ने आदेश जारी गरेको थियो । गत आइतबारको हवाई आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको मृत्यु भएपछि मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा वृद्धि भएको सिएनएनले जनाएको छ ।
इजरायली हवाई आक्रमणले पूर्वी लेबनानको बालबेक–हर्मेल क्षेत्रमा पनि प्रहार गरेको छ, जहाँ चार बालबालिका सहित कम्तिमा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आक्रमणले लेवनान वपरका क्षेत्रमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् भने टायर सहर लक्षित आक्रमणमा पाँच जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए ।
सेप्टेम्बरदेखि, इजरायली हवाई आक्रमणले धेरै हिजबुल्लाह कमान्डरहरूको नरसंहार गर्नुका साथै मुख्य पूर्वाधार लक्षित गर्दा दक्षिणी लेबनानमा व्यापक विनाश निम्त्याएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार लेबनानमा द्वन्द्वका कारण तीन हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।













विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया