काठमाडौं महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई जरिवाना पत्र
मेरोन्यूज
२०८१ मंसिर १० गते १३:२९

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ ।
भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्विकार गरे पछि आज महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।
हिजो एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।
जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।
महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्विकार गर्दै आएको छ ।
सम्बन्धित











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया