टेक्ससको ड्यालसमा ११० जनाद्वारा रक्तदान

टेक्सस (अमेरिका) । टेक्ससको ड्यालसमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन् । अमेरिकाको टेक्ससमा सक्रिय प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिकले ड्यालसको युलेश र अर्भिङमा पहिलोपटक सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको मञ्चका वरिष्ठ उपाध्यक्ष शिव काफ्लेले जानकारी दिए । प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४०, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ र लायन्स क्लबहरुले अर्भिङमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएका छन् ।
रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयरले प्राविधिक सहयोग उपलब्ध गराउनाका साथै सबै रक्तदातालाई न्यानो कम्बल तथा आयोजक संस्थाहरुले रक्तदातालाई प्रमाणपत्र उपलब्ध गराएका थिए । बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा सक्रिय नेपाली समुदायका संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।
















म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया