बुधबार, चैत ११, २०८२

करण केसी ‘भ्यालेन्टाइन बोय’, दीपेन्द्र ऐरी मेराे ‘फेभरेट’ : ओली

मेरोन्यूज २०८१ मंसिर १० गते १५:४३

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंँ गुर्खाजका मार्की खेलाडी करण केसीलाई ‘भ्यालेन्टाइन बोय’ भनेर सम्बोधन गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार धरहरामा नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्दै करणले राजधानीको नाम राख्ने आफूले आशा लिएको ओलीले जिकिर गरे । “काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ”, उनले भने, “उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु ।”

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम रोयल्सलका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई बाघको संज्ञा दिएका छन् । उनले ऐरीको ६ छक्काको कीर्तिमान आफुलाई स्मरण रहेको उल्लेख गर्दै यस्ता थुप्रै कीर्तिमान बताउन समेत शुभकामना दिए । “अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ”, उनले भने, “एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।”

एनपिएल यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया