शनिबार, मंसिर १३, २०८२

नेपाल आइपुगे सुदूरपश्चिम रोयल्सका मेन्टर हज

मेरोन्यूज २०८१ मंसिर १० गते १९:०२

काठमाडौँ । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।

अस्ट्रेलियाका पूर्वक्रिकेटर हज सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजलाई सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरेका थिए ।

प्रतिक्रिया