धनुषा पुगेर देउवाले भने-संघीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छ

महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरूका कारण देश परिवर्तन भएको बताएका छन् ।
उनले स्व. ठाकुरको योगदान स्मरण गरे। लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि काँग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताएका प्रजातान्त्रिक योद्धा स्व. ठाकुर जस्ता नेताकै कारण मुलुकमा संघीय लोकतन्त्र प्राप्त भएको उनले बताए ।
सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताए । त्यसका लागि संघीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उनको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उनले उल्लेख गरे ।
नेपाली काँग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व. ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताए ।
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली काँग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पुर्याएको उल्लेख गरे ।
नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली काँग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले मन्तव्य राखेका थिए ।
रु. २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली काँग्रेसका सभापति देउवाले स्व. ठाकुरकी धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।
















कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया