प्रतिबन्धित औषधीसहित झापाबाट १ जना पक्राउ
मेरोन्यूज
२०८१ मंसिर ११ गते १५:३६

झापा । प्रहरीले झापाबाट प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ७ का ३८ वर्षीय सन्देश बस्नेत रहेका छन्। उनलाई घरैबाट प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बस्नेतले घरमा प्रतिबन्धित औषधी लुकाएर राखेको पाइएपछि पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट बाह्रघरेबाट खटिएको टोली बस्नेतको घरमा पुगेको थियो।
उनको घरबाट ट्रामाडोल ४९३ पत्ता, स्पास्पेन ५०३ पत्ता र डिकोलिक ४२ पत्ता बरामद भएको चन्दले बताए।
बस्नेतलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान थालिएको छ।
सम्बन्धित

















पाक–अफगान सीमा तनाव चुलियो
यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया