नेप्से २७०० माथि उक्लियो, कारोबार रकम पनि बढ्यो

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशलमव ४१ अंकले बढेर २,७१६ को विन्दुमा कायम भएको छ । आज २११ कम्पनीको शयर मूल्य बढेको छ । आज ३२ कम्पनीको मात्रै मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, यूनाइटेड इदि मर्दि र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्तका लगानीकर्ताले ९ दशलमव ६२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
















काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया