प्रचण्डको अपिल- सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानिय तहको उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वारलाई मत दिन आग्रह गरेका छन् ।
बुधबार एक भिडियो संदेशमार्फत प्रचण्डले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताए । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो, त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति,विसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भने।’
यस उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको प्रचण्डले स्पष्ट पारे।
देशका ४४ स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया