सिंगापुरमा एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङ सम्पन्न, नेपालबाट दुई प्रतिनिधि सहभागी

सिंगापुर । नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एशिया प्यासिफिक स्तरीय एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङमा नेपालबाट दुई अफिसियलहरूले भाग लिएका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का ई–स्पोर्ट्स कमिसनका सदस्य किरण धिताल र अंकित भण्डारीले सो तालिममा नेपाललाई प्रतिनिधित्व गरे ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), मोटरस्पोर्ट्स अष्ट्रेलिया र मोटरस्पोर्ट्स सिंगापुरको सहकार्यमा आयोजित सो कार्यक्रम एशिया प्यासिफिक क्षेत्रको पहिलो ई–स्पोर्ट्स प्रशिक्षण कार्यक्रम हो ।
दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा नेपाल, बंगलादेश, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, श्रीलंका, सिंगापुर, ताइवान, न्युजिल्यान्ड र अष्ट्रेलियाका प्रतिनिधिहरू सहभागी थिए । यस कार्यक्रममा क्षेत्रीय ई–स्पोर्ट्स प्रतियोगिताको सुदृढीकरण, अनुभव आदानप्रदान र एशिया प्यासिफिक नेटवर्क विस्तारमा केन्द्रीत प्रशिक्षण प्रदान गरियो ।
कार्यक्रमका मुख्य प्रशिक्षकहरू अष्ट्रेलियाका डेभिड मोरी र शुभ अग्रवाल थिए भने एफआईए ई–स्पोर्ट्स म्यानेजर एरिक स्ट्राने, एफआईए एशिया प्यासिफिक रिजनका उपाध्यक्ष लुंग नियन ली, एफआईए ई–स्पोर्ट्स कमिसन निरोशन परेरा र मोटरस्पोर्ट्स सिंगापुरका अध्यक्ष विन्सन ओउको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमले ई–स्पोर्ट्स प्रतियोगिताको आयोजना गर्ने तरिका, विभिन्न देशका चुनौतीहरू र क्षेत्रीय रूपमा मोटरस्पोर्ट्समा ई–स्पोर्ट्सको वृद्धि र प्रवर्द्धनका विषयमा गहन छलफल गरेको नासा नेपालले जनाएको छ ।
नेपालको सहभागिताले मोटरस्पोर्ट्सको नयाँ विधा ई–स्पोर्ट्सको नेपालमा विकास हुनुका साथै मोटरस्पोर्ट्समा नेपालको अझ बलियो सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
















EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया