गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

रौतहट । गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए ।
माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । ९४ किमी प्रतिलिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो भए । ९० किमी प्रतिलिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो भए ।
यो इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नगरी बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गरेको कम्पनीको दाबी छ ।
माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरे । कार्यक्रममा बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वसनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरूबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित गरिएको थियो ।
पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनको भनाइ थियो ।
नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए। आइतबार बिहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उद्घाटन भएको थियो ।
उक्त च्याम्पियनमा आम ग्राहक वर्गलाई सहभागीताका लागि पनि अनुरोध गरिएका थियो । च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको थियो ।















बागमती सरकारको आठ महिनाको खर्च १७ प्रतिशत
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया