आइतबार, चैत ८, २०८२

सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका

मेरोन्यूज २०८१ मंसिर १३ गते १८:२४

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले ट्राभल पार्टनरका रूपमा राइका टुर्ससँग प्रायोजन सम्झौता गरेको छ। बिहीबार आयोजित कार्यक्रममा राइका र रोयल्सबिच ट्राभल पार्टनरका लागि सम्झौता भएको हो।  

Advertisement
nepal life insurencenepal life insurence

सम्झौता-पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र राइकाका अध्यक्ष अमरबहादुर शाहीले हस्ताक्षर गरेका छन्। शाहले टिममाथि देखाएको विश्वास सुखद् नतिजाले फर्काउने बताए। 

सुदूरपश्चिम रोयल्सले यसअघि एसपिएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएको थियो। एनपिएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा १५ मंसिरदेखि ६ पुससम्म एनपिएल हुँदै छ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्।

प्रतिक्रिया