शनिबार, चैत ७, २०८२

जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड

मेरोन्यूज २०८१ मंसिर १३ गते २१:४७

जाजरकोट । जाजरकोटमा एमाले उम्मेदवार सुनिता बोहोरा सवार गाडी तोडफोड भएको छ । बिहीबार साँझ  बोहोरा सवार गाडी तोडफोड भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence


नलगाढ–१ चिउरीमा घरदैलो कार्यक्रमको सिलसिलामा ७ः १५ बजे उनी सवार गाडीमा  ढुंगा प्रहार भएको हो।  एमाले केन्द्रिय सदस्य तथा भेरी नगरपालिकामा मेयर सीपी घर्तीले  बोहोरा सवार गाडी तोडफोड भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक हरि डाँगीले पनि उम्मेदवार बोहरा चुनाव प्रचार प्रसारमा निस्किएका बेला गाडीमा ढुंगा प्रहार भएको बताए । अहिले घटनाबारे बुझ्न प्रहरी टोली खटिएको उनले बताए ।

प्रतिक्रिया