अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई

लुम्बिनी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध शिक्षा र दर्शनको प्रवर्द्धन गरेर अनुसन्धानका दायरा तथा क्षेत्र विस्तार गर्नुपर्ने बताएका छन् ।
विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ स्थापना दिवस तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गरेका हुन् ।
अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न बौद्ध विश्वविद्यालयले विश्लेषणका आधारमा आवश्यक जनशक्ति तथा संस्थागत क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले दक्षमतामा आधारित सिकाइ सिद्धान्तका आधारमा पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्न एवं शैक्षिक सुशासन र व्यवस्थापकीय जवाफदेहितामा सुधार गर्न जरूरी रहेको बताए ।
विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने, गुम्बा शिक्षा, बज्रयान, महायानअन्तर्गत अध्ययन गरेको ज्ञान सीपलाई विश्वविद्यालयको उपाधिसँग समकक्षता प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्न निर्देशन दिँदै मन्त्री भट्टराईले बौद्ध धर्म, दर्शन, पाली र संस्कृत भाषामा विशिष्टता हासिल गरेका विज्ञ जनशक्तिसँग मिलेर काम गर्ने वातावरण विकास सिर्जना गर्नुपर्ने भनेका थिए ।
मन्त्री भट्टराईले नेपालको मौलिक राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण एवं विकास गर्दै सुखी, शान्त, सफल आदर्श र कल्याणकारी समाज निर्माण तथा बौद्ध दर्शनभित्र अन्तरनिहित विचारका माध्यमबाट छिमेकी राष्ट्रसँग सांस्कृतिक सम्बन्ध कायम गर्ने जिम्मेवारीलाई मूलमन्त्र ठानेर अघि बढ्न आग्रह गरे ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया