आठ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

सप्तरी । मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि तेस्रो संस्करण हुने भएको हो ।
शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिका अध्यक्ष इञ्जिनियर सञ्जीवनारायण यादवले तेस्रो संस्करणको खेल आगामी चैत ५ गतेदेखिको तयारी रहेको उनले जानकारी गराए । सन् २०१५ मा सुरु भएको एमपीएलको निरन्तर दुई संस्करण आर्थिक समस्याका कारण हुन नपाएको बताए । “दुई संस्करणमा आयोजकलाई अत्यधिक घाटा खेप्नुपर्यो, पछि कोरोना महामारीलगायत कारणले निरन्तरता दिन सकिएन”, उनले भने ।
तेस्रो संस्करणका लागि आजदेखि एक महिनासम्म खेलाडीको नाम रजिष्ट्रेशन सुरु गरिएको प्रालिका सचिव इञ्जिनियर तीर्थ दासले बताए । तेस्रो संस्करणमा अक्सनबाट खेलाडी छनोट गरिने र प्रत्येक टिममा झापाबाट कञ्चनपुरसम्मका तराई क्षेत्रबाट सात खेलाडी तथा नेपालको अर्को ठाउँबाट चार जना खेलाडी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १० वटा टोली सहभागी गराइनेछ ।
प्रतियोगिताका खेल राजविराज, जनकपुरधाम र वीरगञ्जमा सञ्चालन गर्ने प्रयास भइरहेको आयोजकको भनाइ छ । वीरगञ्ज र जनकपुरधाममा खेलिने अवस्था नमिले सबै खेल राजविराजमा खेलिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर मधेश प्रिमियर लिगको नाममा राखिएको रु. ५० लाख बजेटका लागि पहल गरिने अध्यक्ष यादवले जानकारी दिए ।
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया