अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड
मेरोन्यूज
२०७८ वैशाख ९ गते १२:१९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताए ।
कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसङ्घर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसङ्गतिलाई सङ्घर्षको माध्यमबाट किनारा लगाउने गरेको तथा नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको उनले सन्देशमा उल्लेख गरेका छन् । रासस
सम्बन्धित









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया