उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मेरोन्यूज
२०८१ मंसिर १६ गते १६:४८

काठमाडौं। कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षिकालाई सम्मानित गरेको छ। विद्यालयको ४८औं वार्षिकोत्सवको अवसरमा माध्यमिक तह अंग्रेजी विषय शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित भएकी हुन्।
त्रिनगरमा अध्ययनरत विद्यार्थीले एसईईमा अंग्रेजी विषयमा ८५.६० प्रतिशतसम्म नतिजा ल्याउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खड्काले सम्मानपत्रसहित दोसल्ला प्रदान गरेकी थिइन्।
श्रेष्ठ निकै मिहिनेती शिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए। ‘उहाँ निकै मिहिनेती शिक्षिका हो। काममा लगनशील हुनुहुन्छ। उहाँलाई गरिएको सम्मानले अरू शिक्षकमा पनि प्रेरणा जागृत हुने विश्वास लिएका छौं। राम्रो कामको राम्रै मूल्यांकन हुन्छ भन्ने यो उदाहरण पनि हो,’ खड्काले भने।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया