पर्यटन मन्त्री पाण्डेको निर्णयः १२ करोड बढीको छपाई प्रज्ञा छापाखानाबाटै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकाएका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ।
आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयअन्तर्गतका निकाय र मन्त्रालय सम्बद्ध निकायबाट गरिने छपाई कार्य नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम् क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र गर्ने निर्णय गरेको हो।
बैठकले प्रज्ञा छापाखानाको क्षमताअनुरुप गर्न सकिने छपाईका कार्यको विवरणसहितको जानकारी र प्रतिष्ठानको छपाईसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ।
मन्त्रालयको निर्णयसँगै हाल कूल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र सञ्चालित छापाखाना पूर्णक्षमतामा सञ्चालनमा आउने छ। मन्त्रालयको यो निर्णयसँगै वार्षिक रुपमा १२ करोड रुपियाँ बढीको छपाई प्रज्ञा छापाखानाबाटै हुने छ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ।
केही समय पहिले संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई कसरी पूर्णरुपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउन सकिन्छ भन्ने विषयमा प्राज्ञसँग छलफल गरेका थिए।










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया