पाकिस्तानको होटलमा विस्फोटः ४ जनाको मृत्यु, ११ घाइते

एजेन्सी । पाकिस्तानको सहर क्वेटास्थित महसुर सेरेना होटलमा विस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई निशाना गरेर विस्फोट गराइएको हुन सक्छ ।
किनकी त्यतिबेला चिनियाँ राजदूत क्वेटामै थिए । पाकिस्तानको क्वेटा सहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक पर्छ । तर हमलाका बेला चिनियाँ राजदूत त्यही होटलमा थिएनन् ।
विस्फोट होटलको पार्किङ स्थलमा भएको थियो । हमलाको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ । पाकिस्तानका गृहमन्त्री शेख रासिद अहमदले एआरवाई न्युज टीभीलाई बताएअनुसार होटल परिसरमा राखिएको कार विस्फोट भएको हो, जुन कार विस्फोटक पदार्थले भरिएको थियो ।
पाकिस्तानको बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी सक्रिय छन्, जो पाकिस्तानबाट स्वतन्त्र बन्न चाहन्छन् । त्यहाँ चीनले ठूलो परियोजना सञ्चालन गरेको छ । पृथकतावादी त्यसको विरोध गरिरहेका छन् । एजेन्सी

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया