लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बीचभागमा रहेको लिच्छविकालीन हाँडीगाउँ क्षेत्रलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गर्न लागिएको छ ।
काठमाडौँ महानगरपालिका–५ मा पर्ने यो बस्ती लिच्छविकालीन सहर भए पनि आधुनिक विकासका कारण यहाँका मूर्त, अमूर्त सम्पदाको अस्थित्व सङ्कटमा पर्दै जान थालेका थिए । प्राचीनकालदेखि नै महत्वपूर्ण सम्पदा रहेकामा आधुनिक विकासका छायामा पर्न थालेका यी संरचना महानगरपालिकाको सक्रियतामा फेरि जीवन्त बनाउन लागिएको हो ।
हाल मुख्य सम्पदा क्षेत्रमा प्रत्येक हप्ताको शनिबार एक दिन सवारीसाधन निषेध गर्ने गरिएको छ । महानगरपालिका—५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले सम्पदा क्षेत्रमा पैदलयात्रा गर्न सहज होस् भनी महानगरपालिकाकै सक्रियतामा यस्तो व्यवस्था गरिएको बताए । यहाँ मुख्य सम्पदा क्षेत्रका रूपमा रहेका थटुटोल मार्ग, डटुटोल, कोटालटोल, गहनापोखरी र ङयाल्माटोल क्षेत्रमा शनिबार सवारीसाधन निषेध गर्ने गरिएको उनले सुनाए ।
महानगर परिषद्ले हाँडीगाउँको मुख्य क्षेत्रमा बढीमा ५० फिटभन्दा अग्ला घर बनाउन नपाउने निर्णय पनि गरेको छ । यस क्षेत्रका घरको अगाडिको भाग मौलिक संस्कृति झल्कने गरी बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यसरी मौलिक घर बनाउँदा नक्शा पासको ९० प्रतिशत शुल्क छुट गरिएको छ । मौलिक रूपमा निर्माण हुने घरलाई नक्शा पासमा छुटका साथै चार वर्ग छुट्याएर आठ लाखदेखि ३२ लाखसम्म अनुदान दिने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । मुख्य सम्पदा क्षेत्रमा पर्ने ६४ घरलाई मौलिक स्वरूपमा निर्माण गर्न लागिएको छ । यहाँका पाँच वटा ढुङ्गेधारालाई व्यवस्थित बनाइँदै छ । प्राचीनकालमा यहाँ स्थापना भएर आधुनिकतासँगै पुरिएका तीन वटा इनार उत्खनन् गरिएका छन् । लुकमाचोकको इनार, तुँछेँ र हात्तीमहाँकाल मार्गका गरी तीन इनार उत्खनन् गरिएका हुन् ।
हाँडीगाउँ क्षेत्रका पुराना फल्चाको स्वरूपलाई आकर्षक बनाइँदै छ । प्रत्येक हप्ता शनिबार सवारी निषेध, सांस्कृतिक कार्यक्रम, परम्परागत नेवारी खाना प्रदर्शन गरी जीवन्त हाँडीगाउँका रूपमा सांस्कृतिक सहरको परिचय दिने गरी व्यवस्था गरिएको महानगर(५ को कार्यालयले जनाएको छ ।
यहाँको भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय निर्माणका लागि बोलपत्रको तयारी गरिएको जनाइएको छ । दुई करोड ८० लाखको लागतमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो । दुई महिनाभित्रमा हाँडीगाउँ क्षेत्रका सबै सडक कालोपत्र सकिने गरी काम अघि बढाइएको पनि वडाध्यक्ष प्रजापतिले जानकारी दिए । धनगणेश मन्दिर क्षेत्रको पुनःनिर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया