पक्लिहवाका विद्यार्थीले सुरु गरे च्याउ खेती

रुपन्देही । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (IAAS) पक्लिहवा क्यम्पसमा अध्यनरत विद्यार्थीहरूले ब्यवसायिक रुपमै च्याउ खेती सुरु गरेका छन् ।
विद्यार्थीहरुको सस्था युथ फर इन्भारामेन्ट एन्ड सोसियल ट्रान्स्टोमेसन (YEAST) को आयोजना र लगानीमा उनीहरुले कपिलवस्तुको शिदार्थनगर नगरपालिकामा च्याउ खेती सुरु गरेका हुन् ।
च्याउको अहिले बजार राम्रो छ । च्याउ स्वास्थ्यका लागि लाभदायक रहेको र बजारमा यसको माग बढ्दो छ ।
मानव स्वास्थका लागि च्याउलाई महत्वपूर्ण खाद्यान्नको रुपमा लिइन्छ । बजारमा देखिएको बढ्दो मागका कारण पनि रुपन्देहीको पक्लिहवा क्यम्पसका विद्यार्थीहरुले ज्याउ खेती सुरु गरेको बताएका छन् । यो खेती विद्यार्थी अमृत भुसालको संयोजकत्वको अगाडी बढेको छ ।
च्याउमा प्रोटिन पाइने भएकोले उच्च रक्तचाप तथा कोलेस्ट्रोल घटाउन सहयोग पुग्ने भएकोले पनि बजारमा यसको माग बढ्दो रहेको विद्यार्थीहरुको भनाइ छ ।
क्यान्सर रोग र ट्युमर घटाउन, अनावश्यक मोटोपन घटाउन, रक्तनलीमा अवरोधका कारणले हुने समस्यालाई न्यून गर्न पनि च्याउको प्रयोगलाई राम्रो मानिन्छ ।
विद्यार्थीहरुले च्याउमात्रै होइन, व्यवसायिकरुपमा कृषि उत्पादनलाई अङ्गाल्दै करिब १०० मुढा समेत तयार परेका छन् ।

















सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया