पक्लिहवाका विद्यार्थीले सुरु गरे च्याउ खेती

रुपन्देही । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (IAAS) पक्लिहवा क्यम्पसमा अध्यनरत विद्यार्थीहरूले ब्यवसायिक रुपमै च्याउ खेती सुरु गरेका छन् ।
विद्यार्थीहरुको सस्था युथ फर इन्भारामेन्ट एन्ड सोसियल ट्रान्स्टोमेसन (YEAST) को आयोजना र लगानीमा उनीहरुले कपिलवस्तुको शिदार्थनगर नगरपालिकामा च्याउ खेती सुरु गरेका हुन् ।
च्याउको अहिले बजार राम्रो छ । च्याउ स्वास्थ्यका लागि लाभदायक रहेको र बजारमा यसको माग बढ्दो छ ।
मानव स्वास्थका लागि च्याउलाई महत्वपूर्ण खाद्यान्नको रुपमा लिइन्छ । बजारमा देखिएको बढ्दो मागका कारण पनि रुपन्देहीको पक्लिहवा क्यम्पसका विद्यार्थीहरुले ज्याउ खेती सुरु गरेको बताएका छन् । यो खेती विद्यार्थी अमृत भुसालको संयोजकत्वको अगाडी बढेको छ ।
च्याउमा प्रोटिन पाइने भएकोले उच्च रक्तचाप तथा कोलेस्ट्रोल घटाउन सहयोग पुग्ने भएकोले पनि बजारमा यसको माग बढ्दो रहेको विद्यार्थीहरुको भनाइ छ ।
क्यान्सर रोग र ट्युमर घटाउन, अनावश्यक मोटोपन घटाउन, रक्तनलीमा अवरोधका कारणले हुने समस्यालाई न्यून गर्न पनि च्याउको प्रयोगलाई राम्रो मानिन्छ ।
विद्यार्थीहरुले च्याउमात्रै होइन, व्यवसायिकरुपमा कृषि उत्पादनलाई अङ्गाल्दै करिब १०० मुढा समेत तयार परेका छन् ।



















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया