राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने÷गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था÷एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य तथा मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राख्न सो पोर्टन सञ्चालनमा ल्याएको हो ।
वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ ल्याइएको http://gunaso.nrb.org.np पोर्टलमा गुनासो दर्ता गरेपछि दर्ता भएको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुनेछ । त्यस्तै गुनासो दर्ता नं द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत नै जानकारी गराइने राष्ट्र बैंकले जनाएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया