पातारासी गाउँपालिकामा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको जनाएको छ । पातारासी गाउँपालिका(२ मा नयाँ साइट निर्माण गरी २०८१ मङ्सीर १६ देखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
जिल्लाको अतिविकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानमा बसोबास गर्ने बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।
दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुऱ्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवा विस्तार गरेको जनाएको छ ।
यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा यस क्षेत्रका पर्यटनलगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।















काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया