मतदातामा निराशा देखियो : रास्वपा
मेरोन्यूज
२०८१ मंसिर १७ गते २०:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको जनाएको छ।
रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले विज्ञप्तिमार्फत नागरिक मताधिकारको अभ्यासमा मतदातामा वितृष्णा तथा निराशा देखिएको जनाएका हुन्।
लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको उनको भनाइ छ। मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा रास्वपा सचेत रहेको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय तह उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिएकोमा मतदाताहरूलाई रास्वपाले धन्यवाद ज्ञापनसमेत गरेको छ।

सम्बन्धित











क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया