अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन् । उनको यो भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बरसम्मको हुने छ ।
अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरूसँग भेटवार्ता पनि गर्ने छन् । भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।उनको यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुकसँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाको विश्वास छ । लुले यसअघि पनि तीन पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।
















कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया