सोमबार, चैत २, २०८२

प्रिमियम गुणस्तरीय कजारिया टायल्स बजारमा

मेरोन्यूज २०८१ मंसिर १८ गते ११:५६

काठमाडौं । नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्सको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ। कजारियाले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

हाल कजारिया ब्राण्डका ग्लेज भिट्रिफाइड टायल्स र हेभी ड्यूटी भिट्रीफाइड टायल्स उत्पादन गरी बजारमा बिक्रि वितरण भइरहेको छ। कम्पनीले निकट भविष्यमा अन्य साइजका टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याउँदै छ।

अहिले देशभर १ सयभन्दा बढी डिष्ट्रीब्यूटर र डिलरबाट कजारिया टायल्स बिक्री वितरण गरिरहेको छ भने निकट भविष्यमा आफ्नो बजारलाई आक्रामक रूपमा विस्तारको रणनीति बनाएको छ।

कजारिया टाइल्स नेपालमै उत्पादन भएपछि पनि यसको उच्च गुणस्तर कायमै रहेको छ। साथै कजारिया टाइल्सको भारतबाट आयात गरी बिक्री वितरण गर्ने भन्दा नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको छ।

प्रतिक्रिया