चीनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान

काठमाडौं। चीनका राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन अारएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गरेका थिए, साे क्रममा साे घाेषणा भएकाे छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन प्रस्थान गरेका थिए ।
बेइजिङ पुगेको भोलीपल्ट अर्थात मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर गरे पछि चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका हुन् । प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्कनेछन ।
















BP Highway obstructed; vehicles put on hold
एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया