आइतबार, चैत ८, २०८२

ओलीले दिए चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

मेरोन्यूज २०८१ मंसिर १८ गते २०:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

बिहान भएको द्विपक्षीय औपचारिक वार्ताका क्रममा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीलाई भ्रमणको निम्तो दिएका छन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले अनुकूल समय मिलाएर नेपाल भ्रमण गर्ने वचन दिएको नेपाली प्रतिनिधिमण्डलका सदस्य एवं परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।  

उक्त द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ।

सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली पर्सि बिहीबार स्वदेश फर्किनेछन्। मंगलबार दिनभर उनले चिनियाँ शीर्ष नेताहरूसँग विभिन्न चरणमा भेटवार्ता गरेका छन्।

प्रतिक्रिया