२५ अंकले घट्याे सेयर बजार, कारोबार रकम ९ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय छ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ र लघुवित्त शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ७२ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ३४, विकास बैंक एक दशमलव ९४, वित्त एक दशमलव २४, होटल तथा पर्यटन शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा एक दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ३४, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रू ३० करोड ३० लाख ६९ हजार दुई सय २५ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ११ लाख ९५ हजार नौ सय ८४ कित्ता शेयर किनबेच भएको छ ।
















असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया