मंगलबार, वैशाख १६, २०८२

रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

मेरोन्यूज २०८१ मंसिर १९ गते १७:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको हो ।

लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

उनलाई अहिले चितवन लगेर प्रहरीले बयान लिइरहेको छ। यसअघि लामिछानेलाई बुटवल, पोखरा र काठमाडौँमा सहकारी ठगीको आरोपमा बयान लिइएको थियो।

प्रतिक्रिया