नेपाली सडकमा फेरि देखा पर्यो ईकुटर ब्रान्डको स्कुटर

काठमाडौं। केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको ईकुटर ब्रान्डको इलेक्ट्रिक स्कुटर फेरि नेपाली सडकमा देखा परेको छ । प्राप्त जानकारी अनुसार, यो स्कुटरलाई जेरो एमिसन राइड एनले नेपाली बजारमा पुनः प्रस्तुत गरेको हो ।
हालै नेपाली सडकमा ईकुटर स्कुटरको परीक्षण गरिरहेको फोटो सार्वजनिक भएको छ । यस विषयमा थप जानकारी लिन खोज्दा जेरो एमिसन राईड एनका सेल्स हेड शंकर शर्माले यस स्कुटरको पुनरागमनको पुष्टि गरे । उनका अनुसार, ईकुटर स्कुटरलाई उचित मूल्यमा छिट्टै नेपाली बजारमा उतारिनेछ । ‘अहिले स्कुटरको आन्तरिक परीक्षण भइरहेको छ । यो परीक्षणले स्कुटरको नेपाली भूभागमा प्रदर्शन र टिकाउपनाको आकलन गर्न मद्दत गर्नेछ’ उनले भने ।
जेरो एमिसन राईड एनले विगत लामो समयदेखी लुयान ब्रान्डका स्कुटर समेत आयत गरि बिक्री गर्दै आएको छ । कम्पनीले देशका विभिन्न स्थानमा डिलर नेटवर्क समेत विस्तार गरिसकेको छ भने बिक्री पछिको सेवाका लागि सबैभन्दा धेरै नेटवर्क बनाएको छ ।
ईकुटरको पुनरागमनले नेपाली बजारमा विद्युतीय स्कुटरको प्रतिस्पर्धालाई थप बलियो बनाउने विश्वास गरिएको छ । यसले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, टिकाउ र वातावरणमैत्री यातायातको थप विकल्प प्रदान गर्नेछ । कम्पनीले यो स्कुटरलाई उच्च गुणस्तरका साथ उचित मूल्यमा उपलब्ध गराउने विश्वास दिलाएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया