मध्य अफ्रिकामा रूसमा बिद्राेह गर्ने बाग्नर समुहका संस्थापककाे मुर्ति अनावरण

अफ्रिका । मध्य अफ्रिकामा रुसका वाग्नरका संस्थापक प्रिगोजिनको प्रतिमा अनावरण गरिएको छ।
मध्य अफ्रिकी गणतन्त्रमा रुसको भाडाका सिपाही वाग्नर समूहका दिवंगत नेता येभगेनी प्रिगोजिनको सम्मानमा एउटा स्मारक अनावरण गरिएको हाे।
गत वर्ष विमान दुर्घटनामा ज्यान गुमाएका प्रिगोजिन र उनका दाहिने हात मानिने दिमित्रु उत्किनको शालिक राजधानी बान्गुईमा स्थापना गरिएको छ ।
साे मूर्तिमा बुलेट प्रुफ कपडामा प्रिगोजिनलाई एके–४७ राइफल बोकेका आफ्ना सहकर्मीको छेउमा वाकीटकी लिएकाे देखाइएको छ।
वाग्नर समूहका लडाकुहरू २०१८ देखि कारमा कार्यरत छन्, जब उनीहरूलाई राष्ट्रपति फाउस्टिन आर्चेन्जले विद्रोही समूहहरूसँग लड्न मद्दत गर्न आमन्त्रित गरेका थिए। बदलामा, साे समूहका सहायक कम्पनीहरूले सुन र हीरा खानी सञ्चालनका लागि सम्झौताहरू लिएका थिए ।
बाग्नर समुहका सिपाहीहरू अन्य धेरै अफ्रिकी देशहरूमा पनि सञ्चालित छन् तर तिनीहरूको सबैभन्दा महत्त्वपूर्ण उपस्थिति कारमा रहेकाे छ । साे मूर्ति अनावरण समारोहमा रक्षामन्त्री रामाउ क्लाउड बिरो र उच्च सैन्य अधिकारीहरू उपस्थित थिए।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया