इस्लामवादी नेतृत्वको विद्रोहीद्वारा सिरियाको प्रमुख सहर हामा कब्जा

राष्ट्रपति बशर अल–असदप्रति वफादार फौजलाई जबर्जस्त आक्रमणमा अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामवादी–नेतृत्वको विद्रोही बलले बिहीबार केन्द्रीय सिरियाली सहर हामालाई कब्जा गरेको छ ।
इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा विद्रोहीहरूले सहरमा आक्रमण गरे र भीषण लडाइँपछि यसको जेल कब्जा गरेको र कैदीहरूलाई रिहा गरेको दाबी गरेका छन् ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मोनिटरका अनुसार रातभरको हिंसात्मक झडपपछि विद्रोहीहरू ‘धेरै पक्षबाट’ हामामा प्रवेश गरे र असदको सेनासँग सडकमा लडाइँमा संलग्न भए ।
बिहीबार दिउँसो सिरियाको सेनाले राजधानी र शक्ति केन्द्र दमास्कसको रक्षा गर्ने प्रयासमा महत्त्वपूर्ण मानिएको रणनीतिक रूपमा अवस्थित सहरको नियन्त्रण गुमाएको स्वीकार गरेको थियो ।
“पछिल्ला केही घन्टामा हाम्रा सैनिकहरू र आतङ्कवादी समूहहरू बीचको भिडन्त तीव्र भएपछि… यी समूहहरू सहरमा धेरै अक्षहरू तोड्न सक्षम भए र त्यहाँ प्रवेश गरे”, सहरबाहिर युनिटहरू पुनः तैनाथ गरिएको उल्लेख गर्दै सेनाले भन्यो ।
सिरियाली र रूसी हवाई फौजले गरेको गोलाबारी र आक्रमणका बावजुद हामाको पतन भएको राज्य मिडियाले बुधबार ढिलो रिपोर्ट गरेको छ ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
प्रतिक्रिया