ओली-नेपाल भेट
झन् बिग्रियो संवाद, अब कहिले भेट्ने टुंगाे छैन

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच दुई दिन लगातार छलफल भयो । हिजोको छलफलमा मन माझामाभ गरेर विगतमा कसले के गरे, क-कसको भूमिका के रह्यो भन्ने छलफल गरेका ओली र नेपाल बीच आजको वार्ता सकारात्मक हुने अपेक्षा धेरैको थियो ।
तर, आजको वार्ता झन् हिजोको भन्दा बिग्रेको छ । झण्डै डेढ घण्टा ओली र नेपालका बीचमा हिजो भेटेकै होटल मोरियटमा आज पनि छलफल भएको थियो । तर छलफलको शुरुआत देखि नै ओलीले माधव नेपालले राखेका माग सम्बाेधन नहुने र सामूहिक मागमा कुनै संवाद पनि नगर्ने अडान लिएपछि वार्तामा कुरा झन् बिग्रिएको छ ।
नेपालले पनि बैठकस्थलबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले प्रतिक्रिया माग्दा उनले केही प्रगति नै नभएको भन्दै संक्षिप्त जवाफ फर्काएका थिए ।बैठकबाट ओली पहिले निस्केपछि नेपालले केही बेर प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल ढुगडसँग छुट्टै चिया मगाएर खाएका थिए । त्यसपछि उनी पनि निस्केका थिए ।
नेपालले गत भदौ २८ मा एमालेको ओली पक्षले मात्र बैठक बसेर गरेको निर्णय सच्चाउनुपर्ने र पार्टीलाई २ जेठ २०७५ मा फर्काउनु पर्ने प्रष्ट दुई अडान राखेका थिए । नेपाल पक्ष आजै वारेसनामामार्फत ओलीका निर्णयलाई चुनौति दिँदै अदालत पुगेका थिए । त्यस्तै ओलीलाई सोधेको स्पष्टीकरण पनि आजै नेपालले बुझाएका थिए ।
तर पनि अडानमा तलमाथि नभएपछि वार्ता प्रयास सफल नभएको हो । ओली र नेपालको लगातारको दुई दिनको संवादपछि नेताहरुले केही आशा गरेका थिए । तर छुटिने बेलामा दुवै आ-आफ्ना अडानमा रहेपछि वार्ता हिजोको तुलनामा झन्र बिग्रेको हो ।
छलफल बिग्रेपछि अब कहिले भेट गर्ने भन्ने पनि कुनै टुग्गो लागेन । मिल्ने सम्भावना पनि नेताहरुका बीचमा देखिएन । ओलीसँगको संवाद फलदायी हुने र मिल्ने सम्भावना नदेखेपछि नेपाल आफू जनकपुर जानुपर्ने कार्यक्रम रहेको भन्दै वार्ताबाट छुट्टिन खोजेका थिए । त्यसपछि ओली-नेपाल संवाद बिना निष्कर्ष आ-आफ्नै अडानमा टुग्गिएको थियो।
यस्ता थिए ओली–नेपालका अडान
माधव नेपाल : महाधिवेशन आयोजक समितिका नाममा भोलि शुक्रबारका लागि बोलाएको बैठक पहिले रोक्नुस् ।
केपी ओली : पार्टी केन्द्रीय समितिले महाधिवशेन आयोजक समिति बनाइसकेको छ । अब त्यो बैठकको तयारी पूरा भएकाले रोकेर जान सकिदैन ।
माधव नेपाल : माओवादी केन्द्रसँग एकता गर्नु पूर्वको अर्थात् २०७५ जेठ २ अघिको अवस्थामा फर्किनाेस् । त्यो बेलाको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनुस् ।
केपी ओली : पार्टी त्यसभन्दा धेरै अगाडि बढिसकेकोले अब त्यसैमा अल्झिएर बस्ने बेला छैन । त्यो तपाईंले राखेको सर्त स्वीकार्य हुँदैन ।
माधव नेपाल : जिल्ला कमिटीमा पनि २०७५ जेठ २ गते सम्म जो-जो अध्यक्ष रहनु भएको थियो, उहाँहरुलाई पुनःबहाली गर्नुस् ।
केपी ओली : प्रचण्ड जीसँग मिलेर पुस ७ मा मलाई पार्टीबाट हटाइसके पछि पनि मैले पार्टी जोगाउन र आफूलाई साथ दिएका र त्यसपछि बनेका जिल्ला नेतृत्व अहिले पनि एमालेको शक्ति हुन् । तिनलाई कसैलाई पनि तलमाथि गर्न सकिन्न । उनीहरु नै जिल्लाको नेतृत्व हुन् ।
तर हिजो माओवादीसँग एकता गर्नुपूर्व एमाले कालका अध्यक्षलाई माथिल्ला कमिटीमा व्यवस्थापन गर्न सकिन्छ । तर अहिले बनेका नेतृत्वलाई हटाएर पुरानालाई पुनःस्थापित गर्न अब सकिदैन ।
माधव नेपाल : फागुन २८ को निर्णय सच्चाउनुस् । थपिएका केन्द्रीय सदस्य विद्यान विपरित छन्, जिम्मेवारी खोसिएकालाई जिम्मेवारीमा पहिलेकै अवस्थामा फर्काउनुस् ।
केपी ओली : नेकपा एकीकरणका क्रममा समेटिएका एमाले र माओवादी दुवैतर्फका केन्द्रीय सदस्य जो अहिले एमालेमा छन्, उनीहरु सबै यथावत रहन्छन् । रामबहादुर थापा बादलसहित माओवादीमा नफर्की एमालेमा हामीसँगै रहेका नेताहरु जिम्मेवारीविहीन हुन सक्दैनन् । त्यस्तो शर्त मानिन्न ।
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया