साउथ स्टार नागा चैतन्यले शोभिता धुलिपालासँग गरे बिहे (तस्बिरहरु)
मेरोन्यूज
२०८१ मंसिर २१ गते १३:०७

काठमाडौं । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले विवाह गरेका छन् ।
बुधबार उनीहरुले हैदरावादको अन्नपूर्ण स्टुडियोमा परिवारको उपस्थितिमा विवाह गरेका हुन् ।
छोरा र बुहारीको विवाहको पहिलो तस्बिर साझा गर्दै अभिनेता नागार्जुनले बधाई दिएका थिए ।
नागा चैतन्यको यो दोस्रो विवाह हो । यसअघि उनले अभिनेत्री सामन्था रुथ प्रभुसँग गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । दुवै ६ अक्टोबर २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए । तर त्यसअघि नै उनीहरु छुट्टिएका थिए ।





सम्बन्धित
















यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया