काठमाडौँसहित विभिन्न ११ स्थानमा आगलागी, चार जना घाइते

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन् ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । उनका अनुसार कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि अगलागी भएका छन् । केही ठाउँमा असावधानी बस आगलागीका घटना हुने गरेका छन् ।
काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज भएको आगलागीमा उहाँसहित तीन जना घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै इलाममा पनि विद्युत् चुहावट हुँदा भएको आगलागीमा एक जना घाइते भएको छन् ।
प्राधिकरणका अनुसार तेह्रथुमस्थित एक घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडासहित रु १२ लाखभन्दा बढीको क्षति भएको छ । यस्तै, सङ्खुवासभा, सप्तरी, रौतहट, झापा, बाँके, अछाममा पनि आगलागीबाट लाखौँको धानमाल क्षति भएको प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि बिहीबार भएको आगलागीबाट चार जना घाइते भएका थिए । सबै आगलागीबाट अनुमानित रु २५ लाखको क्षति भएको विवरण प्राप्त भएको प्रवक्ता डा भट्टराईले जानकारी दिए । प्राधिकरणले दिएको जानकारीअनुसार ललितपुरमा कुकुरले टोकेर एक जना र बाँकेमा आफैँले पालेको गोरुले हानेर अर्का एकजना पनि घाइते भएका छन् ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया