एन.पि.एल. : आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एन.पि.एल.)मा आज (शनिबार) दुई खेल हुँदैछन् ।
एन.पि.एल. को आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रि.वि. क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे शुरू हुनेछ ।
जारी एन.पि.एल. मा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्स सँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्स सँग पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्सले भने दुई वटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।
त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रि.वि. क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे शुरू हुनेछ ।
जारी एन.पि.एल.मा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । एन.पि.एल.मा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यस अघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया