पत्रकार महासंघले बनायो दुई वटा समिति

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड–१९ संक्रमणको दोस्रो लहरबाट उत्पन्न हुन सक्ने समस्याका बारेमा पूर्व तयारी गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ । महासंघको आज बसेको पदाधिकारी बैठकले त्यस्तो निर्णष्य गरेको बैठक पछि महासंघका महासचिव रोशन पुरीद्दारा जारी विज्ञेप्तीमा उल्लेख छ ।
महासंघले कोभिड–१९ को दोस्रो लहरको ले सञ्चार क्षेत्रमा पार्ने समस्याको समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिवहरु पवन आचार्य र नारायण सुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरु रहेको समिति गठन गरेको छ ।
त्यस्तै कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न महासचिव रोसन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईँ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, मणि दाहाल, शन्तराम बिडारी, विकास कार्की र कृति भट्टराई सदस्य रहेको अर्काे समिति समेत गठन गरेको छ ।
महासंघले कोभिड–१९ को दोस्रो लहरबाट जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । सञ्चारगृहलाई पनि कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।
समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्र्न र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न सञ्चार प्रतिष्ठानलाई महासंघ आग्रह गरेको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया