मंगलबार, वैशाख १६, २०८२

हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु

मेरोन्यूज २०८१ मंसिर २२ गते १०:०३

काठमाडौं । मकवानपुरको हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका-३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो ।  राति नै हेटौडा अस्पताल पुर्‍याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए ।

शव हेटौंटा अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया