लुम्बिनीले लियो सुदूरपश्चिमको दोस्रो विकेट
मेरोन्यूज
२०८१ मंसिर २२ गते १०:२३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको दोस्रो विकेट लिएको छ।
सुदूरपश्चिमका ब्रान्डोन म्याक मुलेन २३ रन बनाउँदा क्याच आउट भए। २० बलमा १ चौका र १ छक्का हानेका मुलेन विवेक यादवको बलमा क्याच आउट हुन पुगे।
१३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १४ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा १ सय ६ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया