राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूहतर्फबाट रिक्त एक राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा (बादल) आफू निर्वाचित माओवादी केन्द्र छोडेर नेकपा (एमाले)मा गएपछि उनको पद रिक्त हुन पुगेको थियो ।
उक्त पदपूर्ति गर्नका लागि जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभासम्बन्धी ऐनमा त्यस्तो अवस्थामा ३५ दिनभित्र उपचुनाव गराउनु पर्ने प्रावधान रहेकोले जेठ पहिलो साताभित्रै निर्वाचन गराउनु पर्ने वाध्यतामा आयोग थियो ।
उप निर्वाचन घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ । बिहीबार देखि नै उपनिर्वाचनको तयारी थालेको आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गरेको छ ।











नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन
पाकिस्तानमा पटाका कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने
सामान्य अंकले घट्यो नेप्से, काराेबार रकम ३ अर्ब ८९ करोड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया