राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूहतर्फबाट रिक्त एक राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा (बादल) आफू निर्वाचित माओवादी केन्द्र छोडेर नेकपा (एमाले)मा गएपछि उनको पद रिक्त हुन पुगेको थियो ।
उक्त पदपूर्ति गर्नका लागि जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभासम्बन्धी ऐनमा त्यस्तो अवस्थामा ३५ दिनभित्र उपचुनाव गराउनु पर्ने प्रावधान रहेकोले जेठ पहिलो साताभित्रै निर्वाचन गराउनु पर्ने वाध्यतामा आयोग थियो ।
उप निर्वाचन घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ । बिहीबार देखि नै उपनिर्वाचनको तयारी थालेको आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गरेको छ ।
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया