पर्साको तिलावे पुल भत्किएको छ महिनासम्म बनेन

वीरगंज। बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महीना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन ।
पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ ।
अहिले चिसो मौसममा खोला तरेर हिँड्नुपर्ने बाध्यता रहेको छ भने वर्षायाममा पानीको सतह बढ्दा आवतजावत पूर्ण रूपमा बन्द हुने जोखिम छ ।
गण्डक सिंचाइ परियोजना अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको यो पुलको आयु ५० वर्ष तोकिएको थियो ।
पुल भत्किएपछि हाल नदीमा अस्थायी डाइभर्सन बनाइएको छ, तर वर्षायाममा यो व्यवस्था प्रभावकारी नहुने देखिन्छ । सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय, गण्डकका अनुसार पुल निर्माण बारे सडक विभागले जिम्मेवारी लिने चर्चा भएपनि यस बारे कुनै आधिकारिक निर्णय भएको छैन ।
डिभिजनले सम्बन्धित विभाग र मन्त्रालयलाई पुल पुनर्निर्माण बारे जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ । बहुदरमाई नगरपालिकाका अनुसार नगरपालिकासँग पुल पुनर्निर्माणका लागि आवश्यक बजेट छैन ।
प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराएपनि समस्या समाधानमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । स्थलगत निरीक्षणका लागि अधिकारी र जनप्रतिनिधि पुगेपनि पुनर्निर्माण बारे टुङ्गो नलाग्दा समस्या अझै ज्यूँका त्यूँ छ ।










निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया