एनपीएल : आजको दोस्रो खेलमा सुदूरपश्चिम र चितवन भिड्दै
मेरोन्यूज
२०८१ मंसिर २३ गते ७:२३

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। आइतबार दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो भिडन्त सुरु हुनेछ। तीन जितसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग तेस्रो स्थानको चितवनले प्रतिस्पर्धा गर्न लागेको हो।
सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने चितवन कुशल मल्लको कम्तानीमा छ। पहिलो खेलमा विराटगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने शनिबार लुम्बिनीलाई ४५ रनले हराएको छ।
अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ। जनकपुर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पुगेको हो।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया