भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण
मेरोन्यूज
२०८१ मंसिर २३ गते ८:१७

चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो ।
तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो ।
यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ । यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताए । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।
सम्बन्धित















विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया