कैलालीबाट भरुवा बन्धुकसहित दुई पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ९ गते २०:२२

सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–७ का वीरबहादुर थापामगर र इन्द्रबहादुर विकलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
खुट्टामा गोली लागेर घाइते भएका इन्द्रबहादुर विक स्थानीय स्वास्थ्य संस्थामा उपचाररत रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरुको साथबाट बुधबार उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही ठाउँको शिवशङ्कर सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी गर्ने क्रममा वीरबहादुरले बोकेको बन्दुक पड्किन गएर सँगै रहेका इन्द्रबहादुर विक घाइते भएको जनाइएको छ ।
सम्बन्धित







दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया