तोरीले पहेँलपुर नवलपरासीका फाँट

नवलपुर (नवलपरासी) । यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् ।
जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ । गैँडाकोट–४ का रामप्रसाद खनियाले यसपालि गैँडाकोटका प्लटिङदेखि ठूला फाँटमा समेत तोरीखेती गरिएको बताए । “अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ”, उनले भने । खनियाले आफूले पनि यसवर्ष करिब २० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताए ।
कावासोती–१७ का नन्दराम गुरौँले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताए । “तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो छ”, उनले भने, “अरु बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ तर तोरीमा थोरै मेहनत गर्दासमेत राम्रो उत्पादन हुन्छ ।” उनले एक बिघामा तोरी लगाएका छन् ।
कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ । कार्यालयका कृषिप्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ८५ हेक्टर र आव २०८०/८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताए । यस्तै, चालु आव २०८१/८२ मा एक हजार एक सय ८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ ।
आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिए । आव २०८०/८१ मा एक हजार दुई सय ८३ मेट्रिक टन तोरी र उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०९ मेट्रिक टन पुगेको छ । अघिल्ला वर्षमा भन्दा यसवर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ ।
उले भने, “किसान बालीप्रति सचेत हुँदै समयमै बीउ छर्ने, मल हाल्ने तथा सिँचाइ गर्ने गरेका कारण निरन्तर उत्पादकत्व बढ्दै गएको छ ।” जिल्लाको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाबाहेक छवटै पालिकामा तोरी उत्पादन हुँदै आएको सूचना अधिकारी काफ्लेले बताए । सबैभन्दा बढी कावासोती र गैँडाकोटमा तोरीको उत्पादन भने उनले बताए ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया