‘वायु प्रदूषणको स्रोत पहिचान र नियन्त्रणमा निगरानी आवश्यक’

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेकामा जोड दिएका छन् ।
सोमबार आयोजित एशिया–प्रशान्त क्षेत्रीय वायु प्रदूषणसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उनले वायु प्रदूषण न्यूनीकरणमा सबैको सहकार्य हुनुपर्ने बताए।
‘हरेक वर्ष झैँ, जाडो मौसमको सुरुआत सँगै नेपालमा पनि वायु प्रदूषण निरन्तर वृद्धि हुँदै जान्छ । हाम्रोमा मात्र नभई यस क्षेत्रका धेरै शहरमा यो समयमा वायुको गुणस्तर क्रमिकरुपमा खस्किँदै जाने गर्दछ,’ मन्त्री शाहीले भने, ‘यसको असर आँखाले देखिने धुलोसहितको प्रदूषणमा मात्र सीमित नभई, विशेष गरी मानव स्वास्थ्य र समग्र पर्यावरणमा गम्भीर रूपमा दीर्घकालीन असर पारिरहेको अवस्था छ ।’
पेट्रोलियम पदार्थमा आधारित मोटरगाडीको अधिक प्रयोग, निर्माणका गतिविधि, औद्योगिक उत्सर्जन, वन डढेलो, कृषि गतिविधिलगायतका कारण वायु प्रदूषणको स्तर अत्यधिक बढेको उनको भनाइ छ ।
सरकारले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउँदै, इन्धनको गुणस्तर सुधार्ने र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना बनाएको मन्त्री शाहीले बताए।










टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया