बौद्धिक अपाङ्गता भएका दशजना व्यक्तिलाई रोजगारी दिने रोजगारदाता सम्मानीत

काठमाडौँ । बौद्धिक अपाङ्गता भएका दशजना व्यक्तिहरुलाई रोजगारी दिने रोजगारदातालाई सम्मान गरेको छ ।
बौद्धिक अपाङ्गता अभिभावक महासङ्घद्वारा आयोजित रोजगारी मेला तथा सम्मान कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सिप र दक्षता अनुसारको रोजगारी उपलब्ध गराउने रोजगारदाताहरुलाई सम्मान गरिएको हो ।
समावेशी आयोगका कार्यकारी अध्यक्ष विष्णुमाया ओझाले रोजगारदाताहरु रविन्द्र लामिछाने, दर्शन बरुवाल, यमबहादुर बानिया, सुवास गोतामे, चन्दन मण्डल, मिलन कुमार सिंह र धनन्जय सिहंलाई सम्मानपत्रसहित सम्मान गरेकी हुन् ।
आयोगका कार्यकारी अध्यक्ष ओझाले समावेशी आयोगले अपाङ्गताको क्षेत्रमा समेत काम गर्ने भएकोले अपाङ्गता भएका व्यक्तिको क्षमता अनुसारको रोजगारीको व्यवस्था हुनुपर्नेमा जोड दिंदै आयोगले हालसम्म राज्यलाई गरेका सिफारिसमा अपाङ्गता क्षेत्रको हक अधिकारको कार्यान्वयनका बुँदाहरु परेको बताइन् ।
बौद्धिक अपाङ्गता अभिभावक सङ्घका अध्यक्ष राजु बस्नेतले महासङ्घ र लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित परियोजना “कोपिला” अन्तरगत बौद्धिक अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम र सोही काम अनुसारको सिप प्रदान गर्दै दसजना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीसँग जोड्न सफल भएको बताएका छन् ।
उनले अपाङ्गता भएका व्यक्तिका लागि राज्यले महिनाको चारहजार रुपियाँ भत्ता दिनुभन्दा पन्ध्रहजार रुपियाँ कमाउन सक्ने रोजगारी दिने हो भने राज्यले भत्ता पनि दिनुपर्दैन र राज्यलाई कर समेत तिर्न सक्ने बनाउन महासङ्घले पहल जारी राख्ने बताए ।
कोपिला परियोजना अन्तरगत सिप सिकेर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु प्रदिप अधिकारी, ममता पौडेल, शेरबहादुर खत्री, आशिषकुमार श्रेष्ठ, पूणर्मिा बानिया, रेजिना श्रेष्ठ, शम्भु चौरसिया,इश्वर गिरी, सुनिल कुमार दास, आयुष्मा मानन्धरले आठहजार रुपियाँदेखि १० हजार रुपियाँसम्म मासिक तलब पाएका छन् ।
महासङ्घका अध्यक्ष शिला थापाले अपाङ्गता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भनेर घरभित्रै राख्नुभन्दा उनीहरुले सिक्न सक्ने सिपरतालिम दिएर रोजगारीको व्यवस्था गर्न राज्यले पनि चासो देखाउनुपर्ने बताएकी छन् ।
रोजगारी मेलामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले बनाएका विभिन्न ह्याण्डीक्राप्टका सामग्रीहरु, पोते, क्लिप काँटा, उनका मोफलर, फ्रक, खेलौनाहरु, मखमल, ढाकाका जुत्ता, मसला, झोल सावुन, फिनेल, नेवारी खाजालगायतका सामग्रीका स्टलहरु राखिएका थिए ।





















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया